दलका हैसियतअनुसार मन्त्रीमण्डल छिटै विस्तार हुन्छः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयभित्र मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्।

सर्वोच्चको आदेशपछि ७ जना मन्त्रीहरु पदमुक्त भइसकेपछि सबै मन्त्रालय आफूसँगै राखेका प्रधानमन्त्रीले छिटै मन्त्रीमण्डल हेरफेर हुने बताएका हुन् ।

आइतबार बालुवाटारमा अन्तरक्रियामा कुरा गर्दै प्रधानमन्त्री ओलीले ७ मन्त्री नियुक्त मात्रै गर्ने नभएर अन्य दलहरु पनि सहभागी हुने अवस्था आए २५ भन्दा बढी सदस्य नहुने गरी हेरफेर हुने जानकारी दिए।

‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ,’ प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया