

कोरोना संक्रमणका कारण बर्दियामा ११२ जनाको मृत्यु

बर्दिया – कोरोना भाइरस संक्रमणबाट बर्दियामा १ सय १२ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले शनिबार राति सम्म बर्दियामा १ सय १२ जनाको मृत्यु भएको बताए ।
गत बर्ष मृत्यु दर सुन्ने रहेको बढैयाताल गाउँपालिकामा दोश्रो भेरिएन्ट आए यता सर्वाधिक २० जनाको मृत्यु भएको छ । जुन जिल्लाको कूल मृत्युको १७.८५ प्रतिशत हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश पौडेलका अनुसार कोरोनाको दोस्रो लहरपछि संक्रमण र मृत्युदर बढेको छ । गाउँपालिकाको वडा १ मा सर्वाधिक ६ जनाको मृत्यु भएको छ । वडा ८ मा ५ जना २, ३, ६ र ७ वडामा दुई दुई जना र वडा ५ मा एक जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत वर्षको चैत्रसम्म बर्दियामा ३४ जनाको मात्र मृत्यु भएको थियो । वैशाखदेखि जेठको ८ गतेसम्म ७८ जनाको मृत्यु भइसकेको छ । एक वर्षभन्दा झन्डै डेढ महिनाको अवधिमा मात्र ७० प्रतिशत संक्रमितको मृत्यु भएको छ ।
बढैयातालपछि गुलरिया नगरपालिकामा १८, मधुवन नगरपालिकामा १४, ठाकुरबाबा नगरपालिकामा १३, बाँसगढी नगरपालिका र राजापुर नगरपालिकामा नौ नौ जना र सबैभन्दा कम गेरुवा गाउँपालिकामा ७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ५ हजार २ सय ७४ जना संक्रमित रहेकोमा अहिले पनि १ हजार ४ सय ३५ जना सक्रिय संक्रमित छन् ।

