

जसपाको ८ र ९ गतेको बैठक स्थगित

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।
अध्यक्ष महन्थ ठाकुरले शुक्रबार एक जानकारी पत्र जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को प्रभावलाई मध्य नजर गरी बैठक स्थागित गरेको जनाएका छन्।
राजनीतिक घटनाक्रमले नयाँ मोड आएपछि बैठक स्थगित हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ। ठाकुर पक्षले संसदीय दलको बैठक राखी शुक्रबारै तटस्थ बस्ने निर्णय पनि गरेको छ।
उपेन्द्र यादव पक्षसँग सहमति भएपछि बैठक डाकिएको थियो।

