संविधान संशोधन गर्न ५ सदस्यीय कार्यदल गठन


काठमाडौं – संविधान संशोधन गर्नका लागि सरकारले पाँच जनाको कार्यदल बनाएको छ। बिहीबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूको समिति बनाएको जनाइएको छ ।

कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषदबाट भएको निर्णयबारे आफूहरूलाई विस्तृत कार्यादेश आइनसकेको कार्यदल सदस्य अग्नि खरेलले जानकारी दिए।

 

प्रतिक्रिया