

राष्ट्रपतिविरुद्ध महाअभियोगलगायत सबै विकल्पका लागि कांग्रेस तयार, माओवादीसँग बैठक बस्ने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग प्रस्तावसहित सबै विकल्पमा जान नेपाली कांग्रेस तयार भएको छ।
शुक्रबार विहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा कांग्रेसले राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेको कदमलाई संविधानविपरित भएको ठहर गरेको हो।
उसले प्रधानमन्त्री केपी शर्मा ओली प्रवित्तिलाई परास्त गर्नुपर्ने पनि निर्णय गरेको छ। त्यसका लागि अन्य दलसँग परामर्श गरी साँझ ५ बजेभित्र विकल्पको निर्णयमा पुग्ने तयारी भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।
कांग्रेसले माओवादी केन्द्रका नेतासँग परामर्श गर्ने भएको छ। उसले जसपासँग पनि परामर्श गर्ने निर्णय गरेको छ।

