

नारायणकाजी बोकेर बुढानिलकण्ठ पुगे प्रचण्ड, देउवासँग के–के कुराकानी भयो?

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।
शुक्रबार विहान कांग्रेस पदाधिकारी बैठक सकिनासाथ प्रचण्ड प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोकेर बुढानिलकण्ठ पुगेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मको समयसीमा तोकेर सरकार गठनका लागि दाबी गर्न भनेपछि दलहरुको दौडाहा र बैठक जारी छन्।
सोही क्रममा सभापति देउवासँग कांग्रेसले सबै विकल्प खुला गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग लगाउन सकिने विषयमा कुराकानी भएको उच्च स्रोतको दाबी छ।

