एनआरएनए स्पेनको पहलमा नेपालका लागि अत्याबस्यक स्वास्थ्य सामाग्री सहयोग


काठमाडौँ – नेपालमा बढ्दो कोरोना कोरोना भाइरस संक्रमण संकटको अवस्थामा स्पेनमा रहेका गैर आवासीय नेपालीहरुले पहिलो चरणमा अत्याबस्यक स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

आफ्नो मातृभूमि नेपाल कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणबाट आक्रान्त पारेको र महामारीबाट नेपालमा स्वास्थ्य संकटका कारण समयमा उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको अवस्थालाई मध्य नजर गर्दै एनआरएनए स्पेनको पहलमा आज उक्त स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

पहिलो चरणमा आज एनआरएन स्पेनको पहलमा सम्पूर्ण क्षेत्रीय समितिहरू, सामाजिक, जातीय तथा राजनीतिक संघसंस्थाको सहकार्यमा पहिलो चरणमा अत्यावस्यक स्वास्थ्य सामाग्री नेपाल पठाईएको गैह्र आवसीय नेपाली संघ स्पेनका प्रवक्ता सुन्दर रानाभाटले जानकारी दिए ।

एनआरएनए स्पेनले  विभिन्न भूभागबाट सहयोग संकलन गरी नेपाली दूतावास मार्फत स्पेन सरकारको चार्टर फ्लाइटमा नेपाल पठाएको हो । संघको पहिलो सहयोग अन्तर्गत पहिलो चरणमा १७ हजार ६०० सर्जिकल माक्स, सेनिटाइजर, पन्जा तथा चिकित्सकको लागि फेस शिड लगायतका स्वस्थ्य सामाग्री संघका अध्यक्ष उत्तर कुमार राईको नेतृत्वमा एनआरएनए स्पेन क्षेत्रीय समिति मड्रिडका अध्यक्ष सुजिल गोले, सचिव मेघनाथ ढकाल, एनआरएनए पूर्व युरोप उपसंयोजक तथा एनआरएनए स्पेनका पुर्व अध्यक्ष एकराज गिरी लगायतको टीम एअरपोर्टमा नै पुगेर स्पेनका लागि नेपाली राजदूत फबाफुटी शेर्पालाई हस्तान्तरण गरे ।

संकलित सहयोग सामाग्री एनआरएनए स्पेन, क्षेत्रीय समितिहरू भएका क्षेत्रहरू क्रमशस् म्याड्रिड, कोस्टाब्लान्का, पाईसभास्को, ग्रान कानारिया, बार्सिलोना लगायतका स्थानबाट संकलन गरिएको थियो।

जन्मभूमि नेपाल र नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आफ्नै पीडा सम्झी सहयोगमा तत्परता देखाउँदै स्पेनिश सरकारसँग सहयोगको अपिल गरी लगभग १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहित स्पेनिश सहयोग नियोग (AECID)का निर्देशक म्याग्डी मार्टिनेज सोलिमान सहितको टीम सहित स्पेनका लागि महामहिम राजदुत दावाफुटी शेर्पा आइवेरिया एयरलाइन्सको चार्टर फ्लाईट मार्फत सहयोग हस्तान्तरणको लागि आज नेपाल आएका छन् ।

दूतावास स्रोतका अनुसार स्पेन सरकारको सहयोग अन्तर्गत १५ रेस्पिराटोर, १० अक्सिजन कन्सन्ट्रेटर र त्यसका लागि आवश्यक पाटपुर्जा, १ लाख पचिस हजार एन्टिजेन टेस्ट किट, १ लाख ४४ हजार मास्क लगायत रहेका छ।

यसैगरी सहयोग संकलनको क्रम जारी रहेको र संकलित सहयोग छिट्टैनै नेपाल पठाउने संघका प्रबक्ता रानाभाटले जानकारी दिए ।

 

 

प्रतिक्रिया