

बारामा २ नाबालक दाजुभाइको विभत्स हत्या
जनकपुरधाम – बारामा दुई नाबालक दाजुभाईको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
कलैया नगरपालिका-७ का अब्दुल रसारका छोराहरू ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमानको हत्या भएको हो ।
गाउँमा रहेको मदरसानजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरूको शव फेला परेको र प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
हत्या गरिएका ती बालकका बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

