गण्डकीमा नयाँ सरकार गठनका लागि जनमोर्चाका सांसदद्वारा हस्ताक्षर अस्वीकार, प्रदेश प्रमुखले दिएको समय भोली सकिँदै


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ गठबन्धनको सरकार बनाउन हस्ताक्षर अभियान प्रभावित भएको छ ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि नयाँ गठबन्धनको सरकार बनाउन हस्ताक्षर अभियान चलिरहेको बेला राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सांसद कृष्ण थापाले गठबन्धनलाई समर्थनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

सांसद थापाले नयाँ बन्ने सरकारलाई समर्थनका लागि हस्ताक्षर नगर्ने बताए । प्रदेशसभाका तीन जना सांसद मध्ये सांसद कृष्ण थापा र खिम विक्रम शाहीले हस्ताक्षर गर्न आनाकानी गरेपछि मंगलबार जनमोर्चाका केन्द्रीय महासचित मनोज भट्ट उनीहरुकै निवासमा हस्ताक्षरका लागि पुगेका थिए । तर, महासचिवले पार्टी केन्द्रको निर्देशन अनुसार हस्ताक्षर गर्न आग्रह गरेपनि उनले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएको भएपनि सांसद थापाले नमानेको बताए । प्रदेश प्रमुख सीता कुमारी पौडेलले आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा तीन दिन भित्र बहुमत सहित उपस्थित हुन निर्देशन दिएकी थिएन । सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले दलहरूलाई दिएको समय भोली राति सकिँदैछ ।

 

प्रतिक्रिया