

एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै स्मार्टसेल

काठमाडौं – स्मार्ट सेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ ।
फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ ।
यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ ।
त्यस्तै १ सयको रिचार्जमा ३ सय रुपैयाँ, २ सयको रिचार्जमा ६ सय रूपैयाँ, ५ सयको रिचार्जमा १६ सय र एक हजारको रिचार्जमा ४ हजार बोनस दिने भएको छ ।

