रेलको बाटो’ गीतमा हुम्लावासीले भोग्नु परेको दुःख पिडा उजागर (भिडियाे)


काठमाडौं – गायिका स्मृति शाहीको स्वर रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको छ । यसअघि सुरज पण्डितको स्वरमा आएको यो गीतले चर्चा पाउन सफल भएपछि फिमेल भर्सनमा ल्याइएको हो ।

कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतका शब्द लेखराज गिरीले कोरेका हुन् । हुम्लावासीले भोग्नु परेको दुःख पीडा उजागर गरिएको गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश समेटिएको छ ।

‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतमा देखाउने प्रयास गरिएको छ’ मोडल चिरञ्जिवी सापकोटाले भने । गीतको भिडियो एक महिना लगाएर निर्देशक लक्ष्मण सुनारले तयार गरेका हुन् । भिडियोमा चिरञ्जीवीको अलवा सरस्वती खत्री र स्थानीय कलाकारहरुको अभिनय समेटिएको छ ।

भिडियाे:

प्रतिक्रिया