

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । नयाँ सत्ता समीकरणका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुङ्गोमा पुग्न नसकेका कारण माओबादी कन्द्र समर्थन फिर्ता लिने निर्णयमा पुग्न सकेको थिएन ।
प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै भने पार्टीले बैठक बोलाउँदै समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

