पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख


काठमाडौं – कोरोना संक्रमण भई उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार भएको छ ।

उनी उपचाररत नर्भिक अस्पतालले दिएको जानकारी अनुसार उनको स्वास्थ्यमा सुधार देखिएको छ । अस्पतालले मंगलबार विज्ञप्ति निकालेर खनालको अक्सिजनको सहायतामा उपचार जारी राखेको जनाएको छ ।

कोरोना संक्रमण भएपछि खनाल गत शनिबार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया