

अहिलेसम्मकै उच्च मृत्यु, कोरोनाले नेपालमा एकैदिन लियो ५५ को ज्यान

काठमाडौं – नेपालमा एकै दिन अहिलेसम्मकै धेरै जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर कोरोनाबाट ५५ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा १६ हजार ७ सय २ जनाको परिक्षण गर्दा ७ हजार ६ सय ६० जना नयाँ संक्रमित देखिएका छन् भने १ हजार ७ सय ७५ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ती मध्ये १६ हजार १ सय ३१ पीसीआर परिक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टीजोन परिक्षणमा ७३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३ लाख ५१ हजार ५ जना संक्रमित पुगेका छन् भने २ लाख ८७ हजार ७ सय ९० जना कोरोनामुक्त भइसकेका छन् ।
त्यस्तै अहिले ५९ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म नेपालमा ३ हजार ४ सय १७ जनाको मृत्यु भइसकेको छ ।

