बितेको २४ घण्टामा ७,४४८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु


काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३८८ र ५१८ एन्टिजेन परीक्षणबाट ६० जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।

गत २४ घण्टामा थप ३७ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जना संक्रमित थपिएका छन्। काठमाडौँमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया