अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल


काठमाडौं – कोरोनाको त्रासमा भईपरि आउने समस्या समाधान गर्नका लागी घरमा जगेडा राखिएको अक्सिजन सिलिन्डर फिर्ता गर्न अपिल गरेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिन्डर फिर्ता गर्न अपिल गरेका हुन् ।

कोरोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्वसाधारणहरूले आफूसँग भएको अक्सिजन सिलिन्डर फिर्ता नगरेपछि अहिले अभाव देखिएको छ ।

अक्सिजनको सिलिन्डर व्यक्तिको घरमा, जलविद्युत आयोजनामा ठुला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा सिलिन्डर जगेडा रहेको अध्यक्ष बस्नेतले बताए ।

यस्तै अध्यक्ष बस्नेतले ठुला ठुला जलविद्युत आयोजनामा पनि अक्सिजन सिलिन्डरको ठुलो भण्डारण रहेकोले फिर्ता ल्याउनुपर्ने बताए ।

अहिले अक्सिजन उत्पादन गर्ने उद्योगहरूले आफ्नो उत्पादन अस्पताललाई मात्र दिनुपर्ने अध्यक्ष बस्नेतले बताए । अक्सिजन उत्पादन उद्योगहरुलाई सरकारले गर्नुपर्ने सबै सहयोग गरिने पनि अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया