उडान रोकिएपछि एयरपोर्टमा यात्रु आक्रोशित, सुरक्षाका लागि खटाईयो प्रहरी


काठमाडौं – त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा आज बिहानैदेखि हवाई मार्गबाट गन्तव्यमा पुग्न टिकट काटेका सयौं यात्रु अलपत्र छन् ।

उपत्यका र विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएका कारण यातायातको एकमात्र विकल्प हवाई सेवामार्फत आउनेजाने यात्रुहरूको चाप बढेसँगै वायु सेवा संचालक संघ र नागरिक उड्डयन प्राधिकरणबीच आज ३६ उडान भर्ने गरी सम्झौता भएको संघका प्रवक्ता योगराज कँडेलले बताए ।

उनका अनुसार आन्तरिक टर्मिनलमा यात्रुको चाप बढेको हो । टिकट भएर पनि उड्न नपाएका यात्रुहरू आक्रोशित बनेपछि विमानस्थलमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।

नयाँ भेरियन्टसहितको कोरोनाको बढ्दो जोखिमका कारण आईतबारको मन्त्रिपरिषद् बैठकले आज (सोमबार) रातिबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो ।

पूर्वनिर्धारित उडान तालिकाअनुसार सोमबार दिनभर सेवा जारी रहने कतिपय हवाई कम्पनीले निर्णय समेत गरिसकेका छन् ।

प्रतिक्रिया