क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा एक दर्जन व्यक्ति पक्राउ


काठमाडौं – भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी भैरहेको छ ।

अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया