

एकै दिन ३९ जना विद्यार्थीमा कोरोना संक्रमण, अभिभावकद्वारा स्कुल बन्दको माग

बागलुङ – बलेवाको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पष्टि भएको छ ,
आइतबार र सोमबार नियमित कक्षा चलाएको उक्त विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
पुष्टि भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । तर उनीहरु सँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी छैन । संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भनेपनि विद्यालय बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छैन ।
मन्त्रिपरिषद्को निर्णयले समेत यहाँ भन्ने सम्बोधन नगरेको भन्दै विद्यालय खोल्ने निष्कर्षमा पुगेको नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए । संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन् ।

