सप्तरीबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ


सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् ।

पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीय सुभाष कुमार पासमान र सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र सिंह रहेका प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर बलान बिहुल गाउँपालिका वडा नम्बर–३ स्थित टिकुलिया–बेल्ही सडक खण्डमा बाँसको टहरा (मचान) माथि शंकास्पद अवस्थामा बसिरहेका उनीहरूको शरीर खानतलासी गर्दा पासमानको साथबाट ८ एमएम लेखिएको २ दुई राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

उनले पक्राउ परेकाहरूलाई खरखजाना सम्बन्धी मुद्दामा अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया