आज पनि बस्ने भएन प्रतिनिधिसभा बैठक


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक पनि बस्न नसक्ने भएको छ ।

विशेष कारण देखाउँदै सभामुख डीपी अर्यालले आज १ बजेलाई तय गरिएको बैठक स्थगित गरी भोलि बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ रास्वपाका सांसदहरू पार्टिको महाधिवेशमा चितवनमा रहेकाले संसद बैठक लगातार प्रभावित बनेको हो । यसअघि हिजो तय गरिएको बैठक पनि आजलाई सारिएको थियो ।

 

प्रतिक्रिया