केप भर्डेको शानदार फुटबल, विश्वविजेता उरुग्वेलाई २-२ मा राेक्याे


काठमाडौं – फिफा विश्वकप अन्तर्गत समूह एचको रोमान्चक र नाटकीय खेलमा डेब्युट्यान्ट टोली केप भर्डेले पूर्व विजेता उरुग्वेलाई २–२ गोलको बराबरीमा रोक्दै अर्को ठूलो सरप्राइज दिएको छ।

मियामी स्टेडियममा भएको यस प्रतिस्पर्धात्मक खेलमा केप भर्डले दुई पटकको विश्वकप विजेता उरुग्वे विरुद्ध बलियो चुनौती पेश गर्दै एक १ अंक खोस्न सफल भयो।

फ्लोरिडा पहिलो हाफमै सुरुवातमा उरुग्वेलाई स्तब्ध पार्दै २१ औं मिनेटमा केभिन पिनाको गोलमार्फत केप भर्डले सुरुवाती अग्रता लिएको थियो।

१–० ले पछि परेको मार्सेलो बिएल्साको उरुग्वेले पहिलो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्‍यो। ४४ औं मिनेटमा माक्सी आराउजोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको लगत्तै पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेट मा अगस्टिन कानोबियोले गोल गरेपछि उरुग्वेले पहिलो हाफमा २–१ को अग्रता बनाउन सफल भयो।

दोस्रो हाफमा केप भर्डेको सन्तुलित जवाफदोस्रो हाफमा केप भर्डले फेरि आक्रामक रणनीति अपनायो। खेलको ६१ औं मिनेटमा मैदान प्रवेश गरेका खेलाडी हेलियो वारेलाले मैदान छिरेको केही मिनेटमै उत्कृष्ट गोल गर्दै खेललाई २–२ को रोमाञ्चक स्थितिमा पुर्‍याए।

खेलकोमा दुवै टोलीले जितका लागि निकै प्रयास गरे। उरुग्वेका डार्विन नुनेज र फेडेरिको भाल्भर्डेले गोलका केही राम्रा अवसरहरू सिर्जना गरे पनि केप भर्डको रक्षापङ्क्ति र गोलकिपर भोजिन्हाले त्यसलाई असफल तुल्याइदिए।

अर्कोतर्फ, खेलको अन्तिम समयमा केप भर्डका वारेलाले गोल गर्ने सुनौलो मौका पाएका थिए, तर उरुग्वेका मिडफिल्डर रोद्रिगो बेन्टानकुरले उत्कृष्ट ट्याकल गर्दै टोलीको संकट टारेका थिए।

स्पेनलाई गोलरहित बराबरीमा रोकेको केप भर्डले उरुग्वेसँग पनि बराबरी खेल्दै आफ्नो उत्कृष्ट फर्म जारी राखेको छ।

२ खेलको समाप्तिपछि दुवै टोलीको खातामा समान २–२ अंक भएको छ, जसले गर्दा नकआउट चरणको दौड निकै रोमाञ्चक बनेको छ।

अब उरुग्वेले समूहको अन्तिम खेलमा स्पेनको सामना गर्नेछ भने केप भर्डेले साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

 

प्रतिक्रिया