
नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं : भारतीय प्रधानमन्त्री मोदी
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रधानमन्त्री रवि लामिछानेसँगको भेटपछि मोदीले यस्तो धारणा व्यक्त गरेका हुन्।
भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मोदीले लामिछानेसँगको भेटले आफूलाई खुसी बनाएको उल्लेख गरेका छन्। उनले नेपाल र भारतबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै साझा समृद्धिका लागि सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गरेको बताएका छन्।
मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाललाई प्राथमिक साझेदार राष्ट्रका रूपमा लिइएको पनि उल्लेख गरेका छन्।
उनले नेपाल र भारतबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन भारत उत्सुक रहेको बताउँदै नयाँ सरकारसँग विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न चाहेको बताएका छन्।
‘दुवै देशबीच रहेको विशेष सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्साहित छौं,’ मोदीले उल्लेख गरेका छन्।



कागजपत्र |
