युरोप पठाइदिने भन्दै १ करोड ९३ लाख ठगी गर्ने युवक पक्राउ


काठमाडौं-  युरोपका विभिन्न देशमा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय भीम लामा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार लामाले युरोप पठाइदिने भन्दै एक व्यक्तिबाट १ करोड ९३ लाख रुपैयाँ लिएको पाइएको छ। रकम लिएपछि उनी फरार रहेको प्रहरीले जनाएको छ।

यसैगरी, क्यानडा पठाइदिने बहानामा ५ लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा अर्को व्यक्ति पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–३ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने ३९ वर्षीय खड्कध्वज शाही रहेका छन्।

दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया