
विपक्षीको दबाबपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख
काठमाडौं- प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रश्न उठाइरहेका बेला सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
प्रधानमन्त्री र सभामुखबीच करिब आधा घण्टा छलफल भएको बताइएको छ । सभामुख अर्यालले त्यसअघि विपक्षी दलका नेताहरूसँग पनि भेटवार्ता गरेका थिए ।
प्रतिनिधिसभामा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको खोजी गर्दै सदनमा उपस्थित गराउन माग गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीलाई संसदमा बोलाउन सभामुखले रुलिङ गर्नुपर्ने माग राख्दै आएका छन् ।
यद्यपि सभामुखले हालसम्म प्रधानमन्त्रीलाई उपस्थित हुन औपचारिक रुलिङ गरेका छैनन् । प्रधानमन्त्री अनुपस्थित रहेका बेला सरकारका तर्फबाट मन्त्रीहरूले सदनमा जवाफ दिने तथा विधेयक प्रस्तुत गर्ने काम गरिरहेका छन् ।



कागजपत्र |
