भारतकाे बिहारबाट उद्धार गरिए ६ नेपाली बालबालिका


काठमाडौं-  भारतको बिहार राज्यमा विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकाको उद्धार गरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो । उद्धारपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको ‘किन इन्डिया’ले जनाएको छ ।

उद्धार गरिएकामध्ये चार जना कोशी प्रदेशका बालबालिका रहेका छन् । उनीहरूलाई प्रारम्भिक परामर्श तथा संरक्षणपछि मोरङ पठाउने तयारी गरिएको बताइएको छ ।

बालबालिका फरक–फरक घटनामार्फत भारत पुगेकाले घटनाबारे विस्तृत विवरण अनुसन्धान र परामर्शपछि मात्र सार्वजनिक गरिने सम्बन्धित निकायले जनाएको छ ।

प्रतिक्रिया