जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ


बैतडी– जेनजी आन्दोलनका क्रममा नख्खु कारागार, काठमाडौंबाट फरार भएका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।

पुर्चौडी नगरपालिका–७ काफलीका नरेन्द्र सिंह रतोकीलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिएका छन्।

इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ४:३० बजे उनलाई नियन्त्रणमा लिएको हो।

रतोकी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते नख्खु कारागारबाट फरार भएका थिए। उनलाई जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा अदालतले १७ वर्ष ६ महिना कैद सजाय तोकेको थियो।

प्रतिक्रिया