
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत असई साउद बने ‘पुलिस अफ द मन्थ’
कञ्चनपुर- नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरले प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र साउदलाई वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साउदलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको हो ।
उनलाई कार्यसम्पादन, अनुशासन, आचरण तथा पृष्ठपोषणलगायतका आधारमा उत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रममा एसएसपी शाहीले जिम्मेवारीप्रति इमान्दार, अनुशासित र व्यावसायिक ढंगले काम गर्ने प्रहरी कर्मचारीलाई यस्ता सम्मानले थप हौसला मिल्ने बताए । उनले सम्पूर्ण प्रहरी कर्मचारीलाई सेवाप्रति उत्तरदायी र नागरिकमैत्री व्यवहार अपनाउन आग्रह समेत गरे ।



कागजपत्र |
