बैंकिङ कसुरको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


काठमाडौं- दैलेखकाे भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही चेक अनादर मुद्दामा पक्राउ परेकी छन् । उनलाई शुक्रबार बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेकाे हाे ।

दैलेख प्रहरीका अनुसार उनले दिएको ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

शाही २०७९ मा सम्पन्न स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन ।

प्रतिक्रिया