मेरो कित्ता प्रणाली शुभारम्भ: घरमै बसेर आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने


काठमाडौं – सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नापी कार्यालयहरुबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न सकिने प्रणालीको शुभारम्भ गरेका हुन् ।

घरमा नै बसेर आफ्नो जग्गाको नक्सा हेर्न, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट गर्न सकिने मेरो कित्ताको शुभारम्भ गरिएको हो । प्रधानमन्त्री केपी ओलीले डिजिटल नेपालको अवधारणालाई मुर्तरुप दिन नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता नामको अनलाइन प्रणालीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले स्वीच अन गरेर नेलिस र मेरो कित्ताको शुभारम्भ गरेका हुन् ।

नेलिस नापनक्सा कार्यबाट संकलित विवरण (डेटा) को प्रयोगबाट जग्गा दर्ता तथा नक्सा अद्यावधिक गर्ने प्रणाली हो भने मेरो कित्ता अनलाइनमार्फत घरमै बसेर नक्सा, फिल्डबुक र प्लटरजिष्टर प्रिन्ट गर्ने सक्ने प्रणाली हो । शुभारम्भ कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले जग्गा प्रशासन यो प्रणाली नयाँ आयाम ल्याउने बताए ।

नेलिस र मेरो कित्ता अनलाइन प्रणाली सुरुवात गरेको प्रधानमन्त्री ओलीले हर्ष र खुसी प्रकट गरेको छन् । उनले भने, यो असाधारण उपलब्धी हो, अब जग्गा प्रशासन पनि लेस फेस, लेस पेपर, क्यास लेस प्रणालीमा जादैछ।  उनले भने, जग्गा प्रशासन मात्र नभइ सरकार हरेक प्रणालीलाई डिजिटलाइन गर्न चाहन्छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार सुरुका दिनमा काठमाडौं उपत्यकाका कलंकी, डिल्लीबजार र भक्तपुरका जग्गाधनीले यो सेवा लिन सक्नेछन् । यो आर्थिक वर्षभित्र उपत्यकाका सबै नापी कार्यालयमा लागू हुने छ भने आगामी आर्थिक वर्षभित्र यो देश भर लागू हुने छ ।

नापी कार्यालय नगई घरमै अनलाइनको सहायताले आफ्नो जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट गर्न सकिने व्यवस्था मेरो कित्ता प्रणलीबाट गर्न सकिने महानिर्देशक जोशीले जानकारी दिए ।

नापी विभागको वेबसाइटमा गएर मेरो कित्तामा लगइन गरी आफूले चाहे अनुसार जग्गाको विवारण हेरी आफैंले प्रिन्ट गर्न सकिने विभागले जानकारी दिएको छ । उनले यो प्रणालीको प्रयोगबाट छिटो, छरितो र मितव्ययी सेवा प्रवाह हुनेका साथै जग्गा प्रशासन सेवामा पारदर्शिता तथा सुशासन कायमृमा योगदान पुग्ने विश्वास लिएको बताए ।

प्रतिक्रिया