
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
काठमाडौं – संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार परिश्रमीलाई नियन्त्रणमा लिइएको हो । उनले भने, “उहाँको भूमिका पहिलादेखि नै शंकास्पद देखिएको थियो, त्यसैले यसपटक नियन्त्रणमा लिइएको हो ।”
प्रहरीका अनुसार परिश्रमी आफैँ सुकुम्वासी नभएको पनि खुलेको छ । यसअघि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको आरोप समेत लागेको थियो ।
सो घटनामा पनि उनी पक्राउ परेका थिए ।



कागजपत्र |
