तामाङको हत्या आरोपमा ४ जना पक्राउ


भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको आरोपमा चारजना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, सोही नगरपालिका–१४, बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो ।

तामाङलाई कुटपिट गरेर उनीहरूले मारेको सूचना स्थानीयले दिएपछि प्रहरी चौकी बोयाँबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया