वडासदस्य दुगडसहित विराटनगरबाट तास खेलिरहेका नौजना पक्राउ


विराटनगर – प्रहरीले तास खेलिरहेका एकजना वडासदस्यसहित नौजना व्यापारीहरूलाई विराटनगरबाट पक्राउ गरेको छ ।

शनिबार राति छापा मारेर विराटनगरस्थित मनोज राठीको घरबाट एकजना वडासदस्यसहित नौजना व्यापारीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, वासु राठी, बलराम खत्री, महेश राठी, बजरंग राठी, शेरसिंह दुगड र विनीतलाल लालबनी रहेका छन्। पक्राउ परेकामध्ये शेरसिंह दुगड विराटनगर– २ का एमालेबाट निर्वाचित वडासदस्य हुन्।

तास खेल्नेहरूबाट एक लाख रुपैयाँ बरामद गरेको र आजै जुवा ऐन कसुरमा म्याद थप गरेर अनुसन्धान थालिने मोरङका एसपी कवित कटवालले बताए ।

प्रतिक्रिया