
एमालेको प्रदर्शनमा पक्राउ परेकामध्ये एकजना बैंकिङ कसुरका आरोपी
काठमाडौं- नेकपा एमालेको शनिबार भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये एक जना बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत संलग्न रहेको खुलेको छ। पक्राउ परेका ७ जनामध्ये ६ जनालाई छाडिएको भए पनि एक जनालाई भने थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार प्रदर्शनका क्रममा गाडी तोडफोडमा संलग्न देखिएका विमल धमलालाई हिरासतमा राखिएको हो। उनीविरुद्ध दुई वटा बैंकिङ कसुरका मुद्दा पनि रहेको खुलेको छ।
शनिबारको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये अन्यलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको भए पनि धमलामाथि थप अनुसन्धान आवश्यक देखिएकाले म्याद लिएर प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।



कागजपत्र |
