डडेल्धुरामा महिला मृत फेला, प्रहरीसँगको सम्बन्धले तनावको आशंका


डडेल्धुरा-  अमरगढी नगरपालिका–४ बस्दै आएकी सरिता गिरी (गिरी सानि) नामकी एक महिलाले आत्महत्या गरेकी छन्। उनी भागेश्वर गाउँपालिका घर भई हाल जिल्ला सदरमुकाम क्षेत्रमा बस्दै आएकी थिइन्।

घटनाको प्रारम्भिक विवरणअनुसार गिरीकी श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीमा छन्। आत्महत्याअघि उनले सामाजिक सञ्जाल फेसबुकमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक प्रहरीको फोटो र भिडियोसहित लामो सुसाइड नोट लेखेकी थिइन्।

सुसाइड नोटमा उल्लेख अनुसार उक्त व्यक्ति प्रहरी ड्राइभर यज्ञ साउद हुन्। मृतक महिलाले यस प्रहरीसँग अनैतिक सम्बन्ध रहेको र आफू लामो समयदेखि मानसिक रूपमा दबाबमा रहेको उल्लेख गरेकी छन्।

सुसाइड नोटमा गिरीले आफ्नो पीडा व्यक्त गर्दै लेखेकी छिन्, “मलाई मर्न बाध्य बनाइस, मरेर के गर्छस् गर भनिस…”। साथै उनले आफूसँग भएको पैसा र सुन उक्त प्रहरीले लगाएको दाबी गर्दै आफ्ना छोरा र भविष्यप्रति चिन्ता व्यक्त गरेकी छन्।

नोटमा भनिएको छ, “मसँग भएको पैसा सबै लगिस, आफ्नो घर बनाइस। मैले दिएको त्यहीँ पन्ध्र लाख रुपैयाँ मेरो छोरालाई दिनु। कसैले पढाइ देलान्। आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन, छोरा माफ गरिदिनु। तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनु।”

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी बरुणबहादुर सिंहका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरी ड्राइभर यज्ञ साउदलाई नियन्त्रणमा लिइएको छ। परिवारजनको उपस्थितिपछि थप कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

प्रतिक्रिया