रास्वपासँग सहमति भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीकाे अध्यक्ष


काठमाडौं-  उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई पार्टी अध्यक्षमा नियुक्त गरेको छ। पार्टी प्रवक्ता डा. राजु थापाले अध्यक्ष नियुक्तिको औपचारिक घोषणा गरिने जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालसँगको एकता प्रक्रिया भाँडिएसँगै उज्यालो नेपाल पार्टीले नेतृत्व परिवर्तन गर्दै घिसिङलाई अध्यक्षको जिम्मेवारी दिएको हो। यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अनुप उपाध्यायलाई अध्यक्ष बनाएर दर्ता गरिएको थियो।

यसै विषय तथा पार्टीको आगामी कार्यदिशाबारे औपचारिक जानकारी दिन आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। नवनियुक्त अध्यक्ष कुलमान घिसिङले सोही सम्मेलनमार्फत सार्वजनिक धारणा राख्ने तयारी गरेका छन्।

प्रतिक्रिया