यी ५ प्रदेश र ४७ जिल्ला सभापतिहरु नियमित महाधिवेशनको पक्षमा (नाम र हस्ताक्षरसहित)


काठमाडौं – नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति नियमित महाधिवेशनको पक्षमा खुलेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको पक्षमा रहेको जानकारी दिएका हुन् ।

नियमित महाधिवेशन पक्षधर प्रदेश र जिल्ला सभापतिहरुले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा उनीहरुले अहिले पार्टी बचाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘१५ औँ नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्मको कार्यतालिका २०८२ पौष १८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा र विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपयुक्त वातावरण समेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टीका एकताको प्रयास गरी वार्ता र सङ्कटमार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रित हुन आवश्यक छ ।’

त्यस्तै केही कांग्रेस जिल्ला सभापतिहरु भने अहिले तटस्थ बसेका छन् । तटस्थ बस्नेमा तनहुँका जितप्रकाश आले, लमजुङका डा. टकराज गुरुङ, सुनसरीका केदार भण्डारी, मुस्ताङका रोमी गौचन र सोलुखुम्बु जिल्ला सभापति रहेका छन् ।

नियमित महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरुः

प्रतिक्रिया