
कुलमानसँग रवि र बालेनले अन्तिम वार्ता गर्दै
काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पार्टी एकता र सहकार्यबारे वार्ताको प्रयास भएकाे छ।
केहीबेरअघि मात्र रास्वपाको केन्द्रीय समिति बैठक सकेर बाहिरिएका सभापति लामिछाने र बौद्धस्थित एक होटलमा छलफल सकेर निस्किएका कुलमान घिसिङबीच भेटवार्ता भएको हो।
यसअघि गए राति भएको छलफलमा कुलमान घिसिङले कार्यकारी सभापतिको भूमिका मागेपछि वार्ता अवरुद्ध भएको थियो। तर पछिल्लो भेटवार्ताले पुनः संवादलाई अघि बढाएको बताइएको छ।
यसैबीच, रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उज्यालो नेपाल पार्टीसँग एकताका लागि अर्को प्रयास थालेका छन्। जेन–जी आन्दोलनका अगुवा भनिने सुधन गुरुङको पहलमा त्रिपक्षीय छलफल अघि बढेको स्रोतको दाबी छ।
स्रोतका अनुसार कमलपोखरीस्थित असिम साहको निवासमा छलफल सुरु भएको हो। रास्वपा केन्द्रीय समिति बैठक सकेर लामिछाने वार्तास्थल पुगेका थिए भने उक्त छलफलमा सुधन गुरुङ पनि सहभागी रहेको बताइएको छ।



कागजपत्र |
