
कांग्रेसको समानुपातिक सूचीमा आङ्देम्बे पहिलो स्थानमा
काठमाडौं – नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई एक नम्बरमा राखेको छ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सूचीमा समेटेर समानुपातिक सांसद उम्मेदवारहरूको फाइल निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
महतले यसअघि समानुपातिकबाट सांसद भइसकेकाहरू यसपटक सूचीमा समावेश नभएको जानकारी दिँदै भने, “नयाँ साथीहरूलाई अवसर दिइएको छ। जसले संसद्मा उल्लेख्य भूमिका खेल्न सकून्। केही साथीहरू पदाधिकारी पनि छन् भने, केही लामो समयदेखि पार्टीमा लागेका तर पद नलिएका साथीहरू पनि छन्। वौद्धिक क्षेत्रका प्रतिनिधिहरू पनि छन्।”
भीष्मराज आङ्देम्बेले २०७० सालमा संविधानसभा सदस्य जितेका थिए भने २०७४ र २०७९ मा निर्वाचन हारेका थिए। पार्टीले नयाँ अवसर र अनुभवलाई ध्यानमा राख्दै आङ्देम्बेलाई समानुपातिक सूचीको पहिलो स्थानमा राखेको हो।
समानुपातिकतर्फको बन्दसूची र फाइल निर्वाचन आयोगमा पेश गर्न कांग्रेसको तयारीमा छ।



कागजपत्र |
