
रास्वपा प्रि–इलेक्सन नतिजा सार्वजनिक, रमेश प्रसाईं पहिलो
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रि–इलेक्सन नतिजा सार्वजनिक भएको छ।
सार्वजनिक नतिजाअनुसार, रमेश प्रसाईं १८,२२३ मतसहित पहिलो नम्बरमा निर्वाचित भएका छन्। दोस्रोमा प्रमोद न्यौपाने १४,१६७ मतसहित, तेस्रोमा रञ्जु दर्शना १३,५५१ मतसहित निर्वाचित भएकी छन्।
अन्य स्थानमा क्रमशः टिका संग्रौला १३,१०६, लिमा अधिकारी १२,७६०, समीक्षा बास्कोटा १२,४६०, विपिनकुमार आचार्य १२,२४५, क्रान्तिशिखा धिताल ११,७८१ र प्रतिभा रावल ११,७२१ मतसहित निर्वाचित भएका छन्।
सम्प्रदायगत परिणाम अनुसार, आदिवासी जनजाति तर्फ उत्तमबहादुर गुरुङ १६,०१२, सतिकला राई १४,२०१, टासी लाजोम १३,०७३ र मिलन लिम्बु १३,०५९ मतसहित निर्वाचित भएका छन्।
दलिततर्फ, विजय जैरु १३,१४३, अमृता विक १०,०७३, सविना विश्वकर्मा १२,८५६, स्मृति सेञ्जुरी १२,७१० र अविता नेपाली १२,२८५ मतसहित निर्वाचित भएका छन्।
मधेशीतर्फ, पुनमकुमारी अग्रवाल १५,७४५, डा. अंकिता ठाकुर १२,३२२ र ममता शर्मा ११,६३० मतसहित निर्वाचित भएकी छन्।
थारुतर्फ, प्रेमलाल चौधरी १७,४२५, चुमन चौधरी १३,६१३ र पुष्पाकुमारी चौधरी १३,५३५ मतसहित निर्वाचित भएका छन्।
मुस्लिमतर्फ, समिना मिया १५,९६७, अख्तर हुसेन १५,१५७ र मोहम्मद हसरत अली १४,४६३ मतसहित निर्वाचित भएका छन्।



कागजपत्र |
