
काठमाडौंबाट पेस्तोल, म्याग्जिन र गोलीसहित तीनजना पक्राउ
काठमाडौं – नागार्जुन नगरपालिका–४, बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं डल्लु बस्ने ३२ वर्षीय विकाश (झिल्के) शाही, मोरङ लेटाङ नगरपालिका–४ का २२ वर्षीय शाहिल तिवारी, र बाफल बस्ने ३३ वर्षीय जस्वन (अश्विन) राई रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रवक्ता, एसपी पवनकुमार भट्टराईका अनुसार, उनीहरूबाट सीएफ ९८ लेखिएको दुई थान पेस्तोल, तीन थान म्याग्जिन, २ राउन्ड गोली र २ थान खोका बरामद गरिएको छ।
प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा राखेको छ।



कागजपत्र |
