सेयर कारोबारी अग्रवाल धराैटीमा रिहा


काठमाडाैं – सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले धरौटी जमानत लिएर छाडेको छ ।

अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवालसँग उक्त धरौटी जमानत लिएर छाडेको एआइजी मनोज केसीले जानकारी दिए ।

अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सीआईबीले नै जमानत लिएर छाडेको हो ।

‘उच्च अदालत पाटनको अनुमतिमा अनुसार अग्रवालसँग धरौटी लिएर छाडेको हो,’ केसीले रातोपाटीसँग भने, ‘२०७४ को दफा १५ को व्यवस्था अनुसार सीआइबीले धरौटीमा छाड्न मिल्छ ।’ उनका अनुसार धरौटी बुझाएर छुटे पनि अनुसन्धान भने जारी रहनेछ ।

सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो । उनीविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सीआइबीले उनलाई पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया