ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना समातिए


काठमाडौं-  ललितपुरमा जुवातास खेलिरहेका १० जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–४, नखिपोट डेरा गरी बस्ने तनहुँ घर भएका ४१ वर्षीया विन्दु राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको टोलीले उनीहरूलाई नगद एक लाख २० हजार ५०० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया