मेक्सिकोकी सुन्दरी बनिन् यस वर्षको मिस युनिभर्स


काठमाडौं – मेक्सिकोकी फातिमा बोस २०२५ को मिस युनिभर्स छनौट भएकी छन् ।

शुक्रबार बैंककमा एक विशेष समारोहमा उनलाई मुकुट पहिराइएको हो। २५ वर्षीया फातिमा उनै प्रतियोगी हुन जसले समारोहका क्रममा एकजना निर्णायकले अमपानित गरेपछि उनी कार्यक्रमले बहिष्कार गरेकी थिइन्।

सो क्रममा ती निर्णायकले उनलाई मात्रै नभइ उनका समर्थन गर्ने प्रतिष्पर्धीहरूलाई समेत प्रतियोगिताबाट निकाल्ने चेतावनी दिएका थिए।

उक्त घटनापछि एक सातामा प्रतियोगिताका दुई निर्णायकले राजीनामा दिएका थिए। प्रतियोगितामा थाइल्याण्डकी प्रवेन्ना सिंह दोस्रो स्थानमा परिन्।

मिस युनिभर्स प्रतियोगिता १९५२ मा सुरू भएको थियो र यो वर्ष यसको ७४ औं संस्करण हो।

अमेरिकामा स्थापना भएको मिस यूनिभर्स संसारकै सबैभन्दा पुरानो सुन्दरी प्रतियोगितामध्ये एक हो। यस वर्षको प्रतियोगितामा थाइल्याण्डकी प्रवेन्नार सिंह दोस्रो स्थानमा रहिन्। थाइल्याण्डले चौथो पटक मिस यूनिभर्स आयोजना गरेको हो।

 

प्रतिक्रिया