क्रिकेट हेर्न कीर्तिपुर जाँदा कहाँ गर्ने त पार्किङ ?


काठमाडौं — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल आज साँझ ४ बजेदेखि सुरु हुँदैछ । त्यसका लागि सम्पूर्ण टिकट बिक्री भइसकेको नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले जनाएको छ ।

नेपाल प्रहरीको उपत्यका ट्राफिक कार्यालयले कीर्तिपुरमा क्रिकेट हेर्न आउने दर्शकका लागि पार्किङको व्यवस्थापन गरेको जनाएको छ ।

ट्राफिक कार्यालयका अनुसार दर्शक, भिआईपीलगायतका व्यक्तित्वहरुलाई फरक फरक स्थानमा पार्किङको व्यवस्था गरेको छ । जसअनुसार भिआईपी र भिभिआईपीका सवारी साधनलाई टियू ग्राउण्ड मेन गेटभित्रै पार्किङको व्यवस्था गरिएको छ भने दर्शकका सवारी साधनलाई तीनकुने नजिकको ग्राउण्ड , घडी आइल्याण्डको नजिकको ग्राउण्ड,आयुर्वेदिक अस्पताल परिसर, टि.यु.गेटदेखी भिसी कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर साथै जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्नुहुन ट्राफिक प्रहरीको अनुरोध गरेको छ ।

प्रतियोगिताको पहिलो खेल जनकपुर बाेल्ट्स र काठमाडाैं गोर्खाजबीच हुने तालिका रहेको छ ।

 

प्रतिक्रिया