

देशभरमा मनाङ र मुस्ताङमात्र कोरोना मुक्त जिल्ला, गण्डकी प्रदेशमा ७५ को मृत्यु

पोखरा – कोरोना भाइरसका कारण गण्डकी प्रदेशमा मात्र ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार हालसम्म गण्डकी प्रदेशभर ८८ हजार ६ सय ४६ जनाको पीसीआर परिक्षण गरिएकोमा ७ हजार २ सय ८१ जनामा कोरोना पुष्टी भएको छ । ती मध्ये ४ हजार २ सय २१ जना कोरोना मुक्त भइसकेको अवस्था छ भने ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
अहिलेको अवस्थामा गण्डकी प्रदेशमा २ हजार ९ सय ८५ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।
गण्डकी प्रदेशमा सबैभन्दा धेरै संक्रमित संख्या पूर्वी नवलपरासी अर्थात् नवलपुरमा रहेका छन् । नवलपुरमा अहिलेसम्मको तथ्यांकमा १ हजार ३ सय ६१ संक्रमित देखिएका छन् भने कास्कीमा ९ सय ६१ संक्रमित रहेका छन् ।
देशभरमा गण्डकी प्रदेशका मनाङ र मुस्ताङमात्र कोरोनामुक्त जिल्ला बनेका छन् । यी दुईजिल्ला बाहेक देशभरका ७५ वटै जिल्लामा संक्रमित रहेका छन् ।

