
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
काठमाडौं- नेपाल प्रहरीले नयाँ महानिरीक्षक(आईजीपी) पाएको छ। एआईजी दानबहादुर कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएका छन्।
त्यसअगाडि नै सरकारले कार्कीलाई नयाँ आईजीपी नियुक्त गरेको हो।



कागजपत्र |
