खरिपाटी–जगाती प्रहरी कार्यालय आगजनी प्रकरणमा तीन अभियुक्त पक्राउ


भक्तपुर-  भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा भएको तोडफोड तथा आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी प्रकाश जगेबुले दिएको जानकारीअनुसार सूर्यविनायक नगरपालिका–८ स्थित प्रहरी वृत्त जगाती र चाँगुनारायण नगरपालिका–७ स्थित प्रहरी चौकी खरिपाटीमा सार्वजनिक सम्पत्ति नष्ट गर्ने घटनामा संलग्न रहेकामा तीन जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–९ पलासे बस्ने २८ वर्षीय सुदीप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का २६ वर्षीय छेकु लामा र चाँगुनारायण नगरपालिका–६ खरिपाटीका ४६ वर्षीय सुरेश बास्तोला रहेका छन्।

उनीहरूविरुद्ध तोडफोड, आगजनी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अभियोगमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया