
फेसबुकमार्फत नाबालिकालाई ब्ल्याकमेल गर्ने युवक पक्राउ
काठमाडौं- सामाजिक सञ्जालमार्फत नाबालिकालाई प्रलोभनमा पार्दै अश्लील भिडियो सार्वजनिक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
साइबर ब्यूरोका अनुसार सिरहाको कल्याणपुर नगरपालिका–११ का २२ वर्षीय जीवन कुमार साहलाई पक्राउ गरिएको हो।
साहले फेसबुकमार्फत नाबालिकासँग मित्रता गाँसी, म्यासेन्जरमा कुराकानी गर्दै भिडियो कलमा नग्न हुन बाध्य पारेका थिए। उनले सो दृश्यको स्क्रिनसट र भिडियो रेकर्ड गरी फेक एकाउन्टमार्फत सामाजिक सञ्जालमा अपलोड गरेका थिए।
पीडितले साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा प्राविधिक विश्लेषणपछि साहको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको सहयोगमा सिरहाबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।



कागजपत्र |
