रेडियो चोरी मुद्दामा फरार अभियुक्त ४७ वर्षपछि पक्राउ


स्याङ्जा- चोरी मुद्दामा फरार एक अभियुक्तलाई ४७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने स्याङ्जा गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार २०३५ साल वैशाख १५ गते स्याङ्जा साविक पेलाकोट गाउँ पञ्चायत–२ (हाल गल्याङ नगरपालिका–७ कल्लेरी) का दिलबहादुर राना मगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको थियो ।

पीडित राना मगरले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भई २०४५ साल मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतले लालबहादुर रानालाई एक महिना १५ दिन कैद र चार हजार पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । फैसला सुनाएपछि फरार रहेका रानालाई ४७ वर्षपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया